फिर्के खोला घरका संरचना भत्काउन महानगरले आजदेखि फेरि डोजर चलायो

केन्द्रभाग मिडिया

File photo

पोखरा ।

फिर्के खोलाको खोला घरका संरचना भत्काउन पोखरा महानगरपालिकाले आज बिहीबारेखि फेरि डोजर चलाएको छ ।

गत जेठमा संरचना भत्काउन आक्रमक बनेको महानगरपालिका कानुनी प्रक्रिया, पुनः नापजाँच तथा वर्षातका कारण रोकिएको थियो । तीन पटकसम्म पत्राचार गर्दा पनि अटेर गरेपछि बाँकी संरचना आजबाट भत्काउन सुरू गरिएको हो ।

२०८० सालको नापजाँच प्रतिवेदनका आधारमा पहिचान गरिएका कुल १ सय ६० संरचनामध्ये यसअघि १ सय ४ वटा अस्थायी तथा केही पक्की संरचना भत्काइएको थियो । यद्यपि, खोलाको बहाव क्षेत्रभित्रै पर्ने करिब ५६ वटा पक्की र संस्थागत संरचनाहरू भत्काउन बाँकी नै थियो । यसअघि भत्काइएका कतिपय घरमा मानिसले बसोबास छोडेका छैनन् ।

बाँकी रहेका संरचनाहरूमा केही सरकारी कार्यालय, सामुदायिक भवन र ठूला पक्की घरहरू परेकाले नापजाँच र कानुनी प्रक्रिया मिलाउन समय लागेको बताइएको छ । चालु आर्थिक वर्षभित्र खोला घरका सबै संरचना हटाउने योजना रहेको महानगरपालिकाको पर्यटन तथा सहरी विकास महाशाखा प्रमुख विमल रञ्जन कार्कीले जनाएका छन् ।

  • १५ आश्विन २०८३, बिहीबार १६:३८ प्रकाशित