पोखरामा आज प्याजको भाउ घट्यो (मुल्य सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार पोखरामा प्याजको औसत  भाउ घटेको छ ।

आज प्याज के.जीको औसत ११० रुपैयाँ रहेको छ । हिजो १०० देखि १२० रुपैयाँ सम्म बिक्री भएको थियो । यस्तै गोलभेडाँको भाउ पोखरामा उकालो लागिरहेको छ । आज सानो गोलभेडाँ केजीको १४५ रुपैयाँ ५ पैसा र ठुलो गोलभेडाँ १४० रुपैयाँ केजी रहेको छ । हिजो सानो गोलभेडाँको भाउ के।जीको १४१ रुपैयाँ ५ पैसा थियो ।

आज रातो र सेतो दुवै आलुको भाउ प्रति के।जी ६० रुपैयाँ रहेको छ ।यस्तै घिरौला १०० रुपैयाँ के।जी छ । यस्तै गाजर १७५ रुपैयाँ प्रति केजी रहेको छ । रायोको साग ५५ रुपैयाँ रहेको छ ।मुला ५५ रुपैयाँ केजी रहेको छ ।

मासु र फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • ६ कार्तिक २०८१, मंगलवार ०८:५० प्रकाशित