विन्ध्यबासिनी मन्दिरमा दशैंको घटस्थापनादेखि नवदुर्गा महोत्सव हुने

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिरमा नेपालीहरुको महान चाँड बडादशैंको अवसरमा विगतका वर्ष झैं यसवर्ष पनि नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा यहि २५ असोज घटस्थापनाको दिनदेखि ३ कात्तिक महानवमीसम्म नवरात्री विशेष कार्यक्रम हुने भएको हो ।

बडा दसैंअन्तर्गत नवरात्रको पहिलो दिन अर्थात घटस्थापनाको दिन २५ असोजमा पोखरामा झाँकीसहित शोभायात्रा सहितको कार्यक्रम गरिने समितिले जनाएको छ । घटनास्थापनाको दिन आईतबार विहान ७ बजे विन्ध्यवासिनी पार्कबाट शुरु भएको शोभायात्रा मोहरिया टोल, भैरवटोल, भीमसेनटोल, नालामुख, तेर्सापट्टी, पालिखेचोक, महेन्द्रपुलहुँदै चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोल, नालामुख, भैरवटोलहुँदै पुनः मन्दिरमै पुगेर समापन हुनेछ ।

मन्दिरमा सोहि दिनदेखि श्रीमददेवी भागवत ज्ञान महायज्ञसमेत प्रारम्भ हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । महायज्ञमा निर्भयानन्द गुरुले संगीतमय झाँकीसहित श्रीमददेवी भागवतको कथा प्रस्तुत गर्ने तथा उपवाचकका रुमा अनुकुल ढकालले रहने उनले बताए ।

त्यसपछि दैनिक रुपमा महानवमीसम्मै श्रीमददेवी भागवतको कथा प्रस्तुत हुने उनले बताए । उनका अनुसार श्रीमददेवी भागवतको कथा पूर्वाह्न ९ बजेबाट मध्याह्न १२ बजेसम्म र दिउँसो २ बजेबाट अपराह्न ४ बजेसम्म भजनकिर्तनहुनेछ ।

मन्दिरमा विजया दशमीको नित्य पुजा विहान ४ बजेबाट शुरु हुने र विहान ५ बजेबाट दर्शनार्थीलाई दर्शनका लागि खुल्ला गरिने व्यवस्था मिलाइएको समितिले जनाएको छ ।

  • २२ आश्विन २०८३, बिहीबार २०:०२ प्रकाशित