कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न मतदान जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । मतदानका लागि मतदाता बिहानैदेखि लाइनमा लागेका थिए । योसँगै हिजो मतदान गर्न नपाएका मतदाता फेरि उत्साही भएका छन् । टाढा जान पर्नेहरू मतदान गरेर दशैँ भित्र्याउन घर पुग्ने सोचमा छन् । यसले कांग्रेस महाधिवेशन प्रतिनिधिमा फेरि ऊर्जा भरेको हो ।

खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान शुरू गर्दा रातिमा मतदातालाई कठिन हुने भएकाले हिजो अपराह्नदेखि थाल्ने भनिएको मतदान मतदाताकै स्वास्थ्यलाई ख्यालमा राखेर आज बिहान सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए ।

उनले दिउँसो ३ बजेसम्म मतदान गर्न कसिने जानकारी दिए। निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले साँझमा मतदान शुरू गर्दा रातभर मतदातालाई अप्ठेरो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै आज बिहानदेखि थालिएको बताए ।

  • २३ आश्विन २०८३, शुक्रबार ०९:३६ प्रकाशित