पोखरा ।
पोखरा–२८ माझठानामा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना भएको छ । आज विहान करिव ६: ३० बजे विद्यार्थी बोकेर सौर्य माझठाना हुँदै कालिकास्थित स्कुलतर्फ जाँदै गरेको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।
उद्धार टोली घटनास्थलमै रहेको र १८ जना विद्यार्थीको उद्धार गरेर अस्पताल पठाइएको उनले बताए । केन्द्रभागसंग उनले भने, ‘अहिले हामी उद्धार स्थलमै छौं । १८ जनाको उद्धार गरेर अस्पताल पठाएका छौं । अवस्थाको बारेमा अहिले भन्न सकिएन ।’












