हिमपातका कारण मेरा पिक चढ्न गएका ४ आरोही बेपत्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

मौसम परिवर्तनसँगै अत्यधिक हिमपातका कारण मेरा पिक आरोहणमा गएका ४ आरोही सम्पर्कबिहीन भएका छन् ।

सगरमाथा क्षेत्रमा रहेको ६ हजार ४ सय ७६ मिटर अग्लो मेरा पिक आरोहणमा गएका बेलायती नागरिकसहित ४ जना सम्पर्क विहीन भएको बताइएको छ ।

मेरा पिकमा नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ज गर्न गएको १५ सदस्यीय टोलीका २ जना र पिक आरोहण गर्न गएका अन्य २ जना हराइरहेको नेपाल पर्वतारोहण संघले जानकारी दिएको छ।

सम्पर्कविहीन भएका ४ मध्ये ३ जनाको जिपिएस लोकसेन ५ हजार ६ सय मिटरको उचाइमा भएको ओडारमा देखिएको भए पनि उनीहरूसँग सम्पर्क हुन नसकेको संघले जनाएको छ ।

उक्त क्षेत्रमा १० फिटसम्म हिमपात भएकाले उद्दारका लागि हेलिकप्टर पठाउन नसकिएको बताइएको छ ।उनीहरु हाइक्याम्पमा आइपुगेको अवस्थामा बाँच्न सक्ने बताइएको छ । बीचमा फसेको अवस्थामा हिमपातमा पुरिन सक्ने जनाइएको छ।

  • ३ कार्तिक २०७८, बुधबार १३:५८ प्रकाशित