काठमाडौं ।
मौसम परिवर्तनसँगै अत्यधिक हिमपातका कारण मेरा पिक आरोहणमा गएका ४ आरोही सम्पर्कबिहीन भएका छन् ।
सगरमाथा क्षेत्रमा रहेको ६ हजार ४ सय ७६ मिटर अग्लो मेरा पिक आरोहणमा गएका बेलायती नागरिकसहित ४ जना सम्पर्क विहीन भएको बताइएको छ ।
मेरा पिकमा नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ज गर्न गएको १५ सदस्यीय टोलीका २ जना र पिक आरोहण गर्न गएका अन्य २ जना हराइरहेको नेपाल पर्वतारोहण संघले जानकारी दिएको छ।
सम्पर्कविहीन भएका ४ मध्ये ३ जनाको जिपिएस लोकसेन ५ हजार ६ सय मिटरको उचाइमा भएको ओडारमा देखिएको भए पनि उनीहरूसँग सम्पर्क हुन नसकेको संघले जनाएको छ ।
उक्त क्षेत्रमा १० फिटसम्म हिमपात भएकाले उद्दारका लागि हेलिकप्टर पठाउन नसकिएको बताइएको छ ।उनीहरु हाइक्याम्पमा आइपुगेको अवस्थामा बाँच्न सक्ने बताइएको छ । बीचमा फसेको अवस्थामा हिमपातमा पुरिन सक्ने जनाइएको छ।