पोखरा ।
सरकारले कर्तीक १ गते (मंगलबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । संस्कृतिबिद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयलले सोमबार सूचना जारी गदैँ देशका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, विदेशस्थित कूटनीतिक नियोगहरुमा मंगलबार विदा दिने तथा राष्ट्रिय भण्डा झुकाउने निर्णय भएको जानकारी गराएको छ ।














