पोखरा बसपार्क स्थित बास्तोला कम्प्लेक्समा पनि चल्यो महानगरको डोजर

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा बसपार्क स्थित बास्तोला कम्प्लेक्समा पोखरा महानगरको डोजर चलेको छ ।

बसपार्क भित्रको पूर्वोत्तर क्षेत्रमा रहेको बास्तोला कम्प्लेक्समा शनिबार अपराह्न महानगरको डोजर चलेको हो । सो क्रममा त्यहाँ रहेका ३२० वटा सटरसहिका संरचना भत्काइएको छ । यस अगाडि गत बिहीवारमात्र पोखरा बसपार्क भित्रका अतिक्रमित संरचनामा डोजर चलेको थियो ।

पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क क्षेत्र क्लियर गर्ने क्रममा नै शनिवार बास्तोला कम्प्लेक्समा डोजर चलाइएको हो ।

पोखरा बसपार्क निर्माणका लागि ५१ वर्ष आगाडि २०५ रोपनी (फिल्डमा नाप्दा १९६–११–३–०) जग्गा अधिग्रहण गरिएको थियो । नेपाल राजपत्रमै सूचना प्रकाशित गरेर १८ फागुन ०३२ मा बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो । पोखरा उपत्यका नगरविकास समितिकै पछिल्लो रिपोर्ट अनुसार अहिले अधिग्रहण गरिएको जमिनको जम्मा २६ रोपनी जमिनमा मात्र बस पार्किङ गर्न मिल्ने आवस्थामा छ ।

अधिग्रहण गरिएको जग्गाकेही भाग सट्टापट्टा र बिक्री–वितरण नै भएको छ भने अतिक्रमण गरेर बसेका सुकमबासी तथा भूमिहिनका ४५७ घर टहरा छन् ।

 

  • ६ असार २०८३, शनिबार १८:५५ प्रकाशित