रास्वपा लोकतन्त्र प्रतिको प्रतिवद्धताबाट कहिल्यै विमुख हुँदैन : सभापति लामिछाने

केन्द्रभाग मिडिया

चितवन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट कहिल्यै विमुख नहुने बताएका छन् ।

शनिबार चितवनको भरतपुरमा बसेको रास्वपा केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताए । उनले आन्तरिक लोकतन्त्रमा पनि जोड दिए ।

‘पार्टीको आन्तरिक लोकतन्त्र हाम्रा लागि असाध्यै महत्त्वपूर्ण कुरा हो,’ केन्द्रीय समितिलाई सम्बोधन गर्दै लामिछानेले भने, ‘आन्तरिक लोकतन्त्रलाई मजबुद बनाउनका निम्ति संस्थापक सभापतिका रुपमा कति भूमिका निर्वाह गर्न सके सकिन, यहाँहरूले मूल्यांकन गर्नु पर्ने विषय होला ।’

उनले आन्तरिक लोकतन्त्र र निष्ठामा जोड दिए । यसमा आफू राजनीतिक जीवनभर खरो उत्रिने प्रतिबद्धता जनाए ।

अहिलेसम्म भएका सबै परिवर्तन र लोकतन्त्रप्रति रास्वपा र आफ्नो प्रतिबद्धता रहेको उनले सुनाए । ‘यी मूल्य र मान्यताहरू, लोकतन्त्रको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख हुनेछैनौँ । म कहिल्यै विमुख हुनेछैन,’ लामिछानेले भने।

  • ६ असार २०८३, शनिबार १७:४५ प्रकाशित