रास्वपाको कन्द्रीय समिति बैठक चितवतमा सुरु

केन्द्रभाग मिडिया

 

चितवन ।
सत्तरूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक चितवनमा सुरु भएको छ । भरतपुरको दियालो फुडल्यान्डमा बैठक सुरु भएको हो ।

आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो ।

बैठकमा पार्टीको पहिलो महाधिवेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल हुने एक नेताले जानकारी दिए । रास्वपाको हाल १३१ सदस्यीय केन्द्रीय समिति रहेको छ ।

३ दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट ३ हजार भन्दा बढी प्रतिनिधि, पार्टीका नेता कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहने जनाइएको छ ।

महाधिवेशनको उद्घाटन सत्र भरतपुरको गेस्ट हाउस चौरमा हुने जनाइएको छ । बन्दसत्र चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा गर्ने तयारी छ ।

  • ६ असार २०८३, शनिबार १६:२१ प्रकाशित