दमौलीबाट पोखरा आउँदै गरेको माइक्रोबस दुर्घटना : १४ जना घाइते

केन्द्रभाग मिडिया

तनहुँ ।

दमौलीबाट पोखरा आउँदै गरेको माइक्रोबस दुर्घटना हुदाँ १४ जना घाईते भएका छन् ।

पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–३ धयरेमा बिहीबार दिउँसो बा ४ख ९९९९ नम्बरको माइक्रो अनियन्त्रित भई सम्धीखोला पुलको रेलिङमा ठोक्किँदा बसमा सवार यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रेलिङमा ठोक्किँदा माइक्रो १५ फिट तल खसेको प्रहरीले बताएको छ ।

घाइतेमध्ये सात महिला र सात पुरुष रहेका छन् । घाइतेमध्ये विमल रानाभाट, भानुप्रसाद भट्टराई, बिन्दु भट्टराई, भावना श्रेष्ठ र माइक्रो चालक जीवन आलेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।

अन्य घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

  • २६ श्रावण २०७९, बिहीबार १६:२५ प्रकाशित