काठमाडौं ।
फुटबल विवादमा तानिएका खेलाडीले आज राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिवलाई टंकलाल घिसिङलाई भेट्दैछन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको दुर्व्यवहारका कारण राष्ट्रिय टोलीको क्याम्प छाडेको भन्दै आएका १० खेलाडीले आफूहरुलाई न्याय दिन राखेप र युवा तथा खेलकुद मन्त्रालयसँग अनुरोध गरेका छन् ।
सोमबार खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग भेटेर आफ्ना कुरा राखेका खेलाडीले आज राखेप सदस्यसचिव घिसिङलाई भेटेर आफ्ना कुराहरु राख्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वले विवाद समाधानका लागि परिणाममुखी प्रयास नगरेकोमा चिन्तित भएको भन्दै खेलाडीहरुले मातहतका उपल्ला निकायमा प्रष्टीकरण दिन थालेका छन् ।
सुरुमा रोहित चन्द र त्यसपछि ९ खेलाडीले अघिल्लो बुधबार क्याम्प छाडेका थिए ।राष्ट्रिय टिमको ड्रेसिङ रुममा देखिएको विवाद समाधानका लागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पनि सदस्यसचिव घिसिङलाई भेटेर निवेदन दिँदैछन् ।