अन्तराष्ट्रिय भण्डापार्कमा पोखरा महानगरले मनायो संविधान दिवस

झण्डापार्कका सबै झण्डा फेरिए, मेयर आचार्यले भने, ‘आज रैतीबाट नागरिक भएको दिन’

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाले अन्तराष्ट्रिय झण्डापार्कमा राष्ट्रिय झण्डा सन्डोत्तलनसहित संविधान दिवस मनाएको छ । पोखरा-९ को महेन्द्रपुल स्थित अन्राष्ट्रिय झण्डापार्कमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरा महानगरका विभिन्न वडाका वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृतसहित उच्च कर्मचारी, महागरीय प्रहरी बलसहित अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा राष्ट्रिय झण्डा झन्डोत्तलन गरेका हुन् ।

संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुका झण्डा रहेको पार्कका सबै पुराना झण्डाहरु आज नै फेरिएको थियो । झण्डोत्तलन पछि बोल्दै पोखरा महानगरपालिका प्रमुख आचार्यले आजको दिन नेपालीहरु रैतीबाट नागरिक बनेको महत्वपूर्ण दिन रहेको बताए ।

नेपालको संविधान विश्वकै उत्कृष्ठ मध्येको एक रहेको चर्चा गरेका उनले संविधान मार्फत नागरिकका अक अधिकार सुनिस्चित भएका बताए । संविधानमा उल्लेखित अधिकारलाई अझ व्यवहारमा परिणत गर्ने र जनतालाई मालिक बनाउने कूरामा संविाधनमा आवश्यक संसोधन हुनसक्ने उनको भनाइ थियो ।

प्रमुख आचार्यले सो अबसरमा संविधान जारी गर्ने तत्कालिन राष्ट्रिपति रामवरण यादव र सर्वसम्मत संघीय संसदबाट पास गराउने स्व. सुभास नेम्वाङले खेलेको भूमिकाको समेत स्मरण गरे ।

कार्यक्रममा स्वागत गर्दे प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बंशको शासन अन्त्य गर्दै देश जनताले नै आफ्ना लागि संविधान बनाएको महत्वपूर्ण दिन संविधान दिवस रहेको चर्चा गरे । उनले अरु यस अगाडिका संविधान राजकीय शक्तिले दिएका संविधान रहेका तर वर्तमान संविधान जनताले भोट हालेका जनताले मत हालेर जारी भएको संविधान भएको बताए । कार्यक्रमको सञ्चालन पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले गरेका थिए ।

  • ३ आश्विन २०८३, शनिबार ०९:३६ प्रकाशित