आज संविधान दिवस, विविध कार्यक्रमसहित मनाइँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज संविधान दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान ३ असोज २०७२मा घोषणा भएको थियो ।

मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि नेपालको संविधान, २०७२ जारी गरेको थियो । ३ असोज २०७२ को राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए ।

त्यसयता ३ असोजलाई संविधान दिवसका रूपमा मनाइँदै आएको छ । यस दिवसमा सरकारले टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह राख्दै आएको छ ।

  • ३ आश्विन २०८३, शनिबार ०८:२६ प्रकाशित