पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखरामा मसाल जुलुस निकालेको छ । पेट्रोलीयम पर्दाथको मुल्यबृद्धी र संसदबाट एमसीसी पास भएको विरोधमा राप्रपाले मसाल जुलुस निकालेको हो ।
राप्रपा कार्यकर्ताले शुक्रबार अमरसिंह चोकमा नाराबाजी सहित जुलुस प्रदर्शन गरेका हुन् । प्ट्रोलीय पर्दाथको मुल्य बृद्धी फिर्ता गर्, भ्रष्ट सरकार मुर्दाबाद, एमसीसी चाइदैन, राप्रपा जिन्दाबाट लगायतका नारा लगाएका थिए ।
राप्रपा जिल्ला अध्यक्ष नारायण गुरुङले सरकारले जनविरोधी काम गदै गएकाले राप्रपा विरोधमा उत्रन परेको बताए । सरकारले जनताको ढाड सेक्ने गरी इन्धनको मुल्य बढाएको र एमसीसी संसदबाट पास गरेर देशविरोधी काम गरेको गुरुङले आरोप लगाए ।














