काठमाडौं ।
एमसीसी सम्झौता खारेजको माग गर्दै भइरहेको सडक आन्दोलनबारे झलनाथ खनालले प्रतिक्रिया जनाएका छन् । उनले अहिलेकै अवस्थामा एमसीसी पास नहुने बताउँदैँ सडक अब तात्ने मात्र नभई सडकमा आगो बल्ने बताए ।
एमसिसीबारे छलफल हुने भनिएको संसद बैठक अचानक स्थगित भएपछि संसद भवनबाट बाहिरिदैँ उनले भने, ‘आवश्यकता अनुसार सडक तात्छ मात्र होइन, बल्छ पनि।’
उनले उनले गठबन्धनको भविश्यबारे यकिनसाथ भन्न नसकिने जानकारी दिए। ‘गठबन्धन भनेको बन्छन्, बिग्रन्छन्’, खनालले भने।