कांग्रेस संसदीय दलको बैठक बस्दै, के-के छन् एजेण्डा ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ । बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो ।

दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका काम–कारबाहीमाथि निगरानी बढाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुने छ ।

मन्त्रालयगत संयोजकहरूले मन्त्रिपरिषद्को निर्णय तथा सरकारकोे काम–कारबाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्दै आएका छन् ।

बैठकमा संसदीय समितिका गतिविधि, संसद्मा कांग्रेसको भूमिका र समसामयिक राजनीतिक विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।

  • ६ असार २०८३, शनिबार १२:०९ प्रकाशित