पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन १३ गते पोखरा आउने भएका छन् ।
एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन ओली पोखरा आउन लागेको प्रदेश उपसचिव रश्मी आचार्यले जानकारी दिए ।
उक्त कार्यक्रममा विभिन्न पार्टीका सयौं नेता तथा कार्यकर्ता एमाले प्रवेश गराउने तालिका रहेको आचार्यले बताए ।
स्थानीय तहको निर्वाचनको पूर्व तयारीका सन्दर्भमा र राष्ट्रिय निर्वाचनका रणनीतिका सम्बन्धमा समेत छलफल हुने भएको छ ।
कार्यक्रम पोखरा सभागृहमा दिनको ठिक ११ बजे तय गरिएको छ ।