संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सबै सांसदलाई उपस्थित हुन सूचना जारी गरेको बताइन् ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनका लागि पेश गरेको थियो । त्यसपछि संसद बैठक बिहीबार बस्न लागेको हो ।

  • ११ फाल्गुन २०७८, बुधबार १५:३८ प्रकाशित