काभ्रे बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ८ पुग्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

काभ्रेको बुचाकोटमा भएको बस दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा।३ ख ८३९८ नम्बरको बस दुर्घटनामा ८ जनाको ज्यान गएको हो ।

दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ८ पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिएका छन् । दुर्घटनामा परेर घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

नमोबुद्ध नगरपालिका–२ मा दुर्घटनामा परेको उक्त बस बिपी राजमार्गबाट करिब २ सय मिटर तल खसेको छ।

  • २९ जेष्ठ २०८३, शुक्रबार १६:३२ प्रकाशित