काठमाडौं ।
काभ्रेको बुचाकोटमा भएको बस दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा।३ ख ८३९८ नम्बरको बस दुर्घटनामा ८ जनाको ज्यान गएको हो ।
दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ८ पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिएका छन् । दुर्घटनामा परेर घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
नमोबुद्ध नगरपालिका–२ मा दुर्घटनामा परेको उक्त बस बिपी राजमार्गबाट करिब २ सय मिटर तल खसेको छ।











