पर्समा पटका पट्काउँदा एक बालकको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पोखरा ।

पर्सा पकहामैनपुर गाउँपालिका २ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको ज्यान गुमेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आज बिहान ०८:०० बजे स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा छातीको बीच भागमा लागेर घाइते भएका थिए ।

घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएकोमा चिकित्सकले बिहान ०८:४५ बजे मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।

  • २३ कार्तिक २०८३, सोमबार ११:५१ प्रकाशित