कांग्रेस सभापति गगन थापाले लिए शपथ

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनले केहीबेरमा पार्टी कार्यालयमा पदबहाली गर्ने कार्यक्रम छ । कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएको थियो ।

थापा आफ्ना प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापति निर्वाचित भएका हुन् ।

  • १ कार्तिक २०८३, शनिबार १६:०० प्रकाशित