नेपाली कांग्रेसका नवनिर्वाचित सभापति थापाले आज शपथ लिने

केन्द्रभाग मिडिया

ललितपुर ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले आज शपथग्रहण तथा पदबहाली गर्ने भएका छन् । आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम आयोजना गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेस महाधिवेशनको मतगणना सम्पन्न भएपछि सभापतिमा निर्वाचित थापाको शपथग्रहण तथा पदबहालीका लागि कार्यक्रम तय गरिएको हो ।

सपथ ग्रहण तथा पदवहाली समारोहमा सहभागी हुन नेपाली कांग्रेस केन्द्रीय कार्यालयले उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको सपथ भने दशैंपछि गर्ने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसको महाधिवेशनबाट २३१ सदस्यीय समिति निर्वाचित भएको छ ।

  • १ कार्तिक २०८३, शनिबार ०८:२७ प्रकाशित