कांग्रेस जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको आदिवासी जनजाति सहममन्त्रीमा बहादुरसिंह लामा तामाङ विजय भएका छन्।

उनले ३२४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन्।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले लामा निर्वाचित भएको बताए ।

  • २८ आश्विन २०८३, बुधबार ११:३० प्रकाशित