कांग्रेस सहमहामन्त्री (खुल्ला)को मतगणनामा खतिवडाको अग्रता कायमै

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुल्ला) पदको मतगणनामा रामहरि खतिवडाले आफ्नो अग्रता कायमै राखेका छन् । २ हजार ८९ मत गन्दा खतिवडाको अग्रता कायमै छ । उनले यसअघिका गणनामा पनि अग्रता नै लिएका थिए ।

निर्वाचन समितिका अनुसार दोस्रोमा अजयबाबु सिवाकोटीले ६९२ मत प्राप्त गरेका छन् । डिल्लीराम सुवेदीले ५१९, देवेन्द्रराज कँडेलले ४१८, विकास कोइरालाले ३४९ र रमेश प्रसाद धमलाले २४७ मत पाएका छन् ।

अमृत कुमार अर्यालले २०९ मत ल्याउँदा राजीव ढुङ्गानाले २०३ मत ल्याएका छन् भने सबैभन्दा थोरै मत विमलराज क्षेत्रीले ल्याएका छन् । उनको ७७ मत मात्रै आएको छ ।

खुलामा सबैभन्दा बढी मत ल्याउने २ जना निर्वाचित हुनेछन् ।

  • २६ आश्विन २०८३, सोमबार १३:२९ प्रकाशित