अध्यादेशमार्फत काम अगाडि बढाउन सरकारलाई रास्वपा सांसदको आग्रह

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले कतिपय कामहरू अध्यादेशमार्फत अगाडि बढाउन सरकारलाई आग्रह गरेका छन् ।

बर्खे अधिवेशनको अन्तिम दिन प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । संसद् अधिवेशन नरहेका बेला सरकारले अध्यादेश ल्याउन सक्छ ।

‘हाम्रो संसदीय प्रक्रियाको सुधार अत्यावश्यक छ । दुस्खका साथ भन्छु कि, संसद्को नियमित प्रक्रिया मेरो क्षेत्रको भूमिको समस्यालाई छिटो समाधान दिन सक्ने गरी निर्माण भएकै छैन । हाम्रो संसदीय व्यवस्थाले त्यसलाई अधयादेश भन्दा अर्को बाटो रोजेकै छैन, राखेकै छैन । अब अध्यादेशमार्फत काम अगाडि बढाउनुपर्छ । सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने ।

संघीय संसद्को चालू अधिवेशन २८ वैशाख २०८३ बाट सुरु भएको हो । चालू अधिवेशनमा सरकारले ल्याएका बजेट र बजेटसँग सम्बन्धित कानुनहरू बनेका छन् ।

संघीय संसद्को चालू अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ ।

  • १६ आश्विन २०८३, शुक्रबार १४:५२ प्रकाशित