स्याङ्जामा आसोजमा ८६५ सवारीमाथि कारबाही हुँदा ८ लाख ६९ हजार रुपयाँ राजस्व

केन्द्रभाग मिडिया

स्याङ्जा ।

स्याङ्जामा असोज महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८६५ वटा सवारीसाधनमाथि कारबाही गर्दा ८ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जसमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २६ जनामाथि कारबाही गरी १३ हजार रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

स्याङ्जामा एक महिनाको अवधिमा भएका तीनवटा सवारी दुर्घटनामा दुई जनाको ज्यान गुमेको छ भने तीन जना घाइते भएका छन् । दसैँ–तिहारका बेला यात्रुलाई सहज र सुरक्षित यात्रा गराउने उद्देश्यले प्रहरीले पुतलीबजार नगरपालिका–१ ट्राफिक चोक, वालिङ नगरपालिका–८ वालिङ मोड र गल्याङ नगरपालिका–३ गल्याङ बजारमा यात्रु सहायता कक्षसमेत स्थापना गरेको थियो ।

प्रहरीले दुर्घटना न्यूनीकरणका लागि नियमित गस्ती, चेकजाँच र सडक सुरक्षा सचेतनाका कार्यक्रम सञ्चालन गरिएको स्याङ्जा ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो ।

  • ६ कार्तिक २०८३, शुक्रबार १८:४५ प्रकाशित