पूँजी बजार सुधार कार्ययोजनाले आज सेयर बजारमा सकारात्मक प्रभाव

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनाले बुधबार सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ । यस दिन बजार परिसूचक नेप्से ४८.५७ अंक (१.८७ प्रतिशत) बढेको छ ।

यो वृद्धिपछि नेप्से परिसूचक २६३३ अंकमा कायम भएको छ । नेप्सेको आजको अंक भदौ १ यताकै उच्च हो । अघिल्लो दिन अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीगत लाभकर हालको भन्दा आधा घटाउनेसहित बजार सुधारको कार्यायोजना सार्वजनिक गरेका छन् । जसले गर्दा बुधबार कारोबार खुलेदेखि नै लगानीकर्तामा हौसला मिलेको हो ।

कारोबार खुलेको एक मिनेटमै नेप्से २६७९ अंकसम्म पुगेकोमा त्यसपछि सम्हालिँदै १२ स् ५४ बजे २६११ अंकमा आएको थियो । करिब १ बजेपछि अन्तिम समयसम्म बजारले फेरि वृद्धिको लय समात्यो ।

कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । मङ्गलबार बजारमा ३४७ वटा कम्पनीको २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर कुल ७८ हजार ८६९ पटक किनबेच हुँदा ८ अर्ब २९ करोड १७ हजार रुपैयाँभन्दा बढी को कारोबार भएको छ।

  • ३० भाद्र २०८३, मंगलवार १५:३७ प्रकाशित