गुल्मीमा तीज मनाउन माइती हिँडेकी महिला खोलाले बगाउँदा बेपत्ता

केन्द्रभाग मिडिया

Symbolic picture

 

गुल्मी ।

गुल्मीमा तीज मनाउन माइती हिँडेकी महिलालाई खोलाले बगाउँदा बेपत्ता भएकी छिन् ।

मुसीकोट नगरपालिका–५, इन्द्रगौडा घर भएकी अन्दाजी २८/२९ वर्षीया कल्पना पुन आइतबार साँझ माइतीघरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन् ।

प्रहरीका अनुसार उनी मुसीकोट–५ स्थित घरबाट इस्मा गाउँपालिका–४, हुलामा रहेको माइतीघर जाने क्रममा आइतबार साँझ करिब ७ बजे निस्सी खोला तर्दै थिइन् । सोही क्रममा खोलाले उनलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्ता पुनको खोजी भइरहेको जनाएको छ ।

  • २९ भाद्र २०८३, सोमबार १०:१७ प्रकाशित