काठमाडौं ।
अघिल्ला दुई दिन लगातार घटेको सेयर बजार अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनपछि शुक्रबार २७.९४ अंक बढेको छ ।
अर्थमन्त्री वाग्लेले सोमबारसम्म सेयर बजार सुधारका लागि कार्ययोजना ल्याउने घोषणा गरेका छन् । शुक्रबार विहान नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिक साधारणसभामा बोल्दै वाग्लेले सोमबारसम्म बजार सुधारका लागि कार्यक्रम सार्वजनिक गर्ने घोषणा गरेका थिए ।
आज नेप्से १.१० प्रतिशत बढेसँगै परिसूचक २५५९ अंकमा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३५ करोडको भयो ।
२३७ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ९ को स्थिर रह्यो ।













