काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशका दुई ठूलो कम्युनिस्ट पार्टी एक भएको भए निर्वाचनमा सर्मनाक हार व्यहोर्न नपर्ने बताएका छन् ।
नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
एमाले र नेकपाले चुनावअघि नै कार्यगत एकता गरेको भए करिब १ सय सिट आउने उनको दाबी छ ।उनले रास्वपा नेतृत्वको सरकार सञ्चालन गरिरहेका प्रधानमन्त्री बालेन शाहलाई ‘तानाशाही’ रहेको आरोप पनि सम्बोधनको क्रममा लगाए ।
‘करिब १ सय सिट वामपन्थीको हुन्थ्यो । आज यो बालेन तानाशाही चल्ने थिएन । देशको परिस्थिति बेग्लै हुन्थ्यो । हामी इतिहास र जनताले माग गरेका कुरा अनुरुप अघि बढन सक्यौंं कि सकेनौं ? यो आत्मसमीक्षा गर्ने घडी पनि हो,’ खनालले भने ।
उनले चुनावअघि नै एमाले र नेकपाको कार्यगत एकता भएको खण्डमा आउने चुनावी परिमाणमको आकलन पनि सम्बोधनको क्रममा सुनाए ।












