रास्वपामा पदाधिकारीमा ६ जनाबिच प्रतिस्पर्धा हुदैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

पहिलो चरणको निर्वाचनको परिणाम सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ६ जना पदाधिकारीमा चुनावी प्रतिस्पर्धा हुने भएको छ। सभापति निर्विरोध भइसकेका छन्।

बाँकी दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीका लागि दोस्रो चरणको निर्वाचन हुने प्रवक्ता मनिष झाले जानकारी दिए।

एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सह प्रवक्ता, एक कोषाध्यक्ष र दुई सह कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ।

रास्वपाको १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । सात प्रदेश पदाधिकारी पदेन सदस्य रहनेछन् । ती मध्ये ५१ जना मनोनीत गर्ने अधिकार सभापतिलाई दिइएको छ।

  • ११ असार २०८३, बिहीबार १५:५९ प्रकाशित