काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्यका लागि भएको मतदान सकिएको छ । केन्द्रीय सदस्यको लागि २ हजार ९५९ मत खसेको निर्वाचन आयोगले बताएको छ ।
अहिले मुचुल्काको काम भइरहेको निर्वाचन आयोगले बताएको छ ।केहीबेर पछि मतगणना सुरु गरिने बताइएको छ ।केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरेपछि आजै पदाधिकारीको पनि मतदान गरिने जनाइएको छ ।
खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्रीको मतदान हुने नेता मनिष झाले बताए ।












