आज सबै प्रदेशमा वर्षा र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।

हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव छ । अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायु प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । अन्य तराई भूभागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधरणतया बादल लाग्नेछ ।

मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी प्रदेशका पहाडी तथा तराई भूभाग एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधरणतया बादल लाग्नेछ ।

मधेस प्रदेश र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल तथा बागमती, गण्डकी, लुम्बिनी,र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको तराईका केहि स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी प्रदेशका पहाडी तथा तराई भूभाग एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

  • ७ असार २०८३, आईतवार ०७:४५ प्रकाशित