कारोबारको अन्तिम दिन आज बढ्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

शुक्रबार सेयर बजार १.६३ अंक बढेको छ । अघिल्लो दिन ५ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २७०२ अंकमा कायम भएको छ ।केही दिनयता नै बजारको उतारचढाव न्यून भएको छ । आज नेप्से न्यूनतम २६९२ तथा अधिकतम २७११ अंकको बीचमा रह्यो ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५३ करोडको भयो । ११६ कम्पनीको मूल्य बढ्दा १४० को घट्यो भने १७ को स्थिर रह्यो ।

  • ५ असार २०८३, शुक्रबार १५:४९ प्रकाशित