काठमाडौं ।
साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ।
आज नेप्से परिसूचक १२.२६ अङ्कले घटेर २ हजार ७११.७६ विन्दुमा कायम भएको हो । आज बजारमा कूल ३५० कम्पनीका १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर खरिदबिक्री भएका छन्। आज कूल ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ७३ वटाको मूल्य बढेको छ भने १८८ वटा कम्पनीको मूल्य घटेको छ। बाँकी १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ।













