विराटनगरमा देउवा र कोइराला समूहको संयुक्त भेला

केन्द्रभाग मिडिया

काठमाडौं ।

कोशी प्रदेशको विराटनगरमा आज आइतबार नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहको संयुक्त भेला हुँदै छ ।

कोशी प्रदेशस्तरीय भेलामा १४ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धामा उत्रिएका नेता कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ ।

कांग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री भुपेन्द्र राईले देउवा समूह र कोइराला समूहको संयुक्त आयोजनामा भेला हुन लागेको बताए । यसअघि देउवा समूहले गरेका प्रदेश भेलाहरूमा कोइराला समूहका नेताहरु उपस्थित भएका थिएन् ।

महामन्त्री राईले कोशी प्रदेशबाट दुवै समूहबीच सहकार्य सुरू हुन लागेको बताए । महामन्त्री राईका अनुसार विराटनगरको मनास्लु होटलमा भेला तय भएको छ । कोइरालाको प्रमुख आतिथ्यतामा हुन लागेको भेलामा नेताहरू कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार डा। शशांक कोइराला, डा। मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद प्रमुख वक्ता रहेका छन् ।

इतर समूहले केन्द्रीय सदस्य राजीव कोइरालाको नाम पनि प्रमुख वक्ताका रुपमा राखेर सामाजिक सञ्जालमा भेलाको प्रचार गरेको छ । तर, उनले आफूसँग सल्लाह नै नगरी नाम राखिएको भन्दै आपत्ति जनाएका छन् ।

  • ३१ जेष्ठ २०८३, आईतवार ११:१३ प्रकाशित