सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार केही समयअघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका कामकारबाहीबारे छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ ।आजको बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण स्वीकृत गर्ने समेत बताइएको छ।

परराष्ट्रमन्त्री खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा यही जेठ ३१ गते बेइजिङतर्फ प्रस्थान गर्दैछन्।

  • २९ जेष्ठ २०८३, शुक्रबार १४:५२ प्रकाशित