गण्डकी विकास बैंकका पूर्व सिईओ थापाको कार दुर्घटनामा परेर निधन

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको वित्तिय क्षेत्रका एक अग्रणी व्यक्तित्व एवं गण्डकी विकास बैंकका पूर्व सिईओ रेसम बहादुर थापाको कार दुर्घटनामा परेर निधन भएको छ । बेगनास भोर्लेटार सडकको पचभैया सडक खण्डमा उनले हाँकेको कार अनियन्त्रित भएर दुर्घटना हुँदा उनको ज्यान गुमेको कास्की प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार उनले चलाइरहेको कार अनियन्त्रित भएर पचभैया सडकबाट ५० मिटर तल खसेको थियो । बा १३ च ४२०९ नम्बरको कार सडकबाट खसेर भएको दुर्घटनामा पोखरा महानगरपालिका वडा नम्बर ३१ माझथरका ६० वर्षीय थापाको ज्यान गुमेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

दुर्घटनाको जानकारी पाउने वित्तिकै खट्टिएको प्रहरी टोलीले उनलाई साँझ ६ः२५ बजे प्रहरीले उद्दार गरेर प्रादेशिक जनरल तथा सरुवारोग अस्पताल पोखरा ३० मोहरिया पठाइएकोमा उनको उपचारको क्रम सााँझ ७ः१५मा ज्यान गुमेको डीएसपी पासवानले जानकारी दिए । उनका अनुसार दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

  • २८ जेष्ठ २०८३, बिहीबार २१:१३ प्रकाशित