सून र चाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेको छ कारोबार ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
हिजो तोलामा १० हजार १ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि व्यापक मात्रामा घटेको छ । चाँदी पनि आज थप सस्तिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ आज तोलामा ५ हजार १ सय रुपैयाँ घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा झरेको हो । हिजो सुनको भाउ तोलामा १० हजार १ सय रुपैयाँ घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

दुई दिनमा सुनको भाउ तोलामा १५ हजार २ सय रुपैयाँ घटि सकेको छ । गएको मंगलबार सुनको भाउ तोलामा दुई हजार रुपैयाँ बढेर तीन लाख एक हजार नौसय पुगेको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । प्रतितोला ९० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ६५० रुपैयाँमा झरेको छ।

हिजो तोलामा १८५ रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ७४० रुपैयाँ कायम भएको थियो । दुई दिनमा चाँदीको भाउ तोलामा २७० रुपैयाँ घटेको छ।

गएको १५ माघमा   पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

त्यसैगरि गएको  १८ माघमा चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

१५ माघमा  चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

  • २८ जेष्ठ २०८३, बिहीबार ११:१७ प्रकाशित