काठमाडौं ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर मविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको छ,’ वाग्लेले भने, ‘म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ ।’
समिति बैठक जारी छ । अर्थमन्त्रीले आफ्नो धारणा राखिरहेका छन् ।












