प्रतिनिधि सभा बैठक भोलि सम्मका लागि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ । विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गरेको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनु पर्ने माग गर्दै सदन अवरोध गर्दै आएका छन् ।

  • २६ जेष्ठ २०८३, मंगलवार १४:१४ प्रकाशित