पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन् । उनी पार्टीको शनिबार सम्पन्न अधिवेशनमा प्रतिस्पर्धी एकराज न्यौपानेलाई १ मतले पछाडि पार्दै निर्वाचित भएका हुन् ।
अधिकारीले ११५ मत पाउँदा न्यौपानेले ११४ मत प्राप्त गरे । खसेको २३३ मत मध्ये ४ जनाले भने कसैलाई पनि मत दिएका थिएनन् । २९० मतदाता रहेकोमा सबै मत खसेको थिएन ।
सचिवमा विश्वराज पौडेल विजयी भए । उनले १२२ मत ल्याउँदा प्रतिस्पर्धी टेकराज सापकोटाले १०६ मत पाए ।
उपसभापति र सहसचिवमा भने निर्वाचन भएन । चिनबहादुर गुरुङ उपसभापति र सुजन बस्ताकोटी सहसचिव निर्विरोध निर्वाचित भएका हुन् । कोशाध्यक्ष भने पछि मनोनीत गर्ने उक्त पार्टीले जनाएको छ ।
जिल्ला कमिटीमा १० सदस्यमध्ये केही सदस्य निर्विरोध हुँदा ४ जनाका लागि मतदान भएको थियो । १० जना उम्मेदवार थिए ।












