काठमाडौं।
साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर २७५५.४१ विन्दुमा झरेको छ।
बजार घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन सवा ४ अर्ब रहेको कारोबार आज ५ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
आज बजारमा अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कारोबारमा आएकामध्ये १८० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ७४ वटा कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी, ११ वटा कम्पनीको मूल्य भने अघिल्लो दिनकै मूल्यमा स्थिर रहेको छ।











