श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ दुर्घटनामा परे

केन्द्रभाग मिडिया

काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ दुर्घटनामा परेका छन्। हिजो भएको उक्त दुर्घटनापछि उनको स्वास्थ्य अवस्था अहिले सामान्य र सुधारोन्मुख रहेको छ।

दुर्घटनामा उनलाई सामान्य चोटपटक मात्र लागेको र उनी आफ्नो नियमित दैनिकीमा सदाझैँ सक्रिय भइसकेको जानकारी बाहिर आएको छ। पार्टीका नेता सुदन किरातीले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै अध्यक्ष साम्पाङको अवस्थाबारे स्पष्ट पारेका हुन्।

नेता किरातीले लेखेका छन्, ‘हाम्रो श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो, तर सामान्य चोटपटक मात्र भएकोले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र उहाँ आफ्नो दैनिकीमा सदाझैँ सक्रिय हुनुहुन्छ।’

  • २२ जेष्ठ २०८३, शुक्रबार ११:०२ प्रकाशित