प्रतिनिधि सभा बैठक आगामी सोमबारसम्मका लागि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभाको बैठक सोमबारसम्म स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आजको बैठक विपक्षी दलहरूले बेल घेराउ गरेपछि कार्यसूचीमा प्रवेश गर्न सकेन । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम सस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बेल घेराउ गरेका थिए ।

उनीहरूले जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले भारतको सिमा मिचेको बताएक थिए । प्रधानमन्त्रीको त्यो अभिव्यक्तिबारे माफी माग्नुपर्ने विपक्षी दलहरूको भनाइ छ ।

  • १९ जेष्ठ २०८३, मंगलवार १५:४६ प्रकाशित