काठमाडौं ।
मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उल्लेख्य सुधार देखिएको छ। साताको दोस्रोदिन बजार बन्द हुँदा नेप्से परिसूचक २२.२१ अङ्क अर्थात् ०.८० प्रतिशतले बढेर २७७७.५८ विन्दुमा पुगेको छ। योसँगै अघिल्लो दिन झण्डै २८ अङ्कले घटेको बजार आज बढेको हो।
आजको कारोबारमा कुल ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। दिनभरिमा ३४६ वटा कम्पनीका १ करोड १३ लाख कित्ता कारोबार भएका छन्।
बजारमा आज १८४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ वटा कम्पनीको मूल्य घटेको छ। १० वटा कम्पनीको मूल्य भने स्थिर रहेको देखिन्छ।











