आज पनि बस्दै प्रतिनिधि सभा बैठक

केन्द्रभाग मिडिया

काठमाडौं।

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । दिउँसो १:०० बजे बस्ने बैठकका लागि सङ्घीय संसद् सचिवालयले कार्यसूची तय गरेको छ ।बैठकको सुरुमा सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन्।

बैठकको मुख्य एजेन्डाका रूपमा आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथिको छलफल रहनेछ। कार्यसूची अनुसार माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेसँगै सदनमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथि सामान्य छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ।

  • १९ जेष्ठ २०८३, मंगलवार ११:२५ प्रकाशित